काठमाडौँ । आइतकबार सुनको मूल्य ९ सय ले घटेको छ ।
गत शुक्रबार प्रतितोला रु एक लाख ७५ हजारमा कारोबार भएको सुन आइतबार ९ सयले घटेर प्रतितोला रू एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदीको मूल्य १५ रुपैयाले घट्दै प्रतितोला रू एक हजार ९८० मा खरिद बिक्री भइरहेको छ ।

