काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य सामान्य घटेको छ । यसअघि शुक्रबार रेकर्ड मूल्य कायम गरेको सुन आइतबार ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, शुक्रबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार रु ५ घटेर तोलामा २ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

