भारतविरुद्धको ऐतिहासिक मैत्रीपूर्ण खेलमा ब्राजिलको शानदार जित

spot_img

कोलकाताको प्रतिष्ठित विवेकनन्द युवा भारती क्रिरङ्गनमा भएको ऐतिहासिक अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलले भारतमाथि सहज जित हात पारेको छ। फिफा वरीयताको पाँचौं स्थानमा रहेको ब्राजिलले १३८औं स्थानको भारतलाई पराजित गरेको हो।

पहिलो हाफमा ब्राजिलका लागि युवा स्टार इस्टेभाओ ले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफमा सामुएल लिनोले थप एक गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे।

कार्लो एन्सेलोटीको प्रशिक्षणमा मैदानमा उत्रिएको ब्रािजलको टोलीमा भिनिसियस जुनियर, मार्किन्होस, र एन्ड्रीक जस्ता विश्वचर्चित खेलाडीहरूले पहिलो रोजाइमा खेलेका थिए।

कोलकातामा उपस्थित हजारौं दर्शकहरूले विश्वस्तरीय फुटबलको प्रत्यक्ष अनुभव लिएका थिए। भारतले अब आफ्नो अर्को मैत्रीपूर्ण खेलमा अक्टोबर ६ मा उरुग्वेको सामना गर्नेछ।

सम्बन्धित समाचार

ताजा समाचार