काठमाडाैँ । बुधबार सेयर बजारमा उत्साह छाएको छ । मंगलबार ५५.०५ अंकले घटेको बजार आज ३९.१३ अंकले बढेको हो । आज सेयर बजार मापक नेप्से परिसूचक १.५६ प्रतिशतले बढेर २६ सय २३ दशमलव २१ बिन्दुमा उक्लिएको छ ।
आज नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । यसदिन ३१७ कम्पनीको ९१ लाख ४२ हजार ९ सय ४१ कित्ता सेयर ४ अर्ब २० करोड ४४ लाख ८ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ७ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सबै समुहमा हरियाली छाउँदा अन्य समुह २.२८, जिवन बिमा समुह २.१४ प्रतिशतले बढेका छन् ।
यसदिन माउन्टेन हाइड्रो एण्ड जेनरल कन्स्ट्रक्शन, स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्शन, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले बढेको छ भने उपकार लघुवित्तको सेयर मूल्य ७.०९ र नारायणी विकास बैंक ५.०४ प्रतिशतले घटेको छ ।

