भोलि देशभर सार्वजनिक बिदा, नेवार समुदायमा योमह्री पुन्हिः र किरात समुदायमा उधौली पर्व मनाइँदै

spot_img

काठमाडौं । भोलि बिहिबार देशभर सार्वजनिक बिदा हुने भएको छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमह्री पुन्हिः अर्थात् योमह्री पूर्णिमा पर्व र उधौली पर्व भोलि मनाइँदैछ । यसै अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो ।

भोलि सरकारी कार्यालय, बैंक, बीमा कम्पनी विद्यालय पनि बन्द रहेछन् ।

उपत्यकाको नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमह्री पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो ।

यसैदिन किरात समुदायले उधौली पर्व पनि मनाउँदै छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार