थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउदै

spot_img

थारू समुदायले पुस ३० गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव २०८२’  मनाउने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै टुँडिखेलमा दुई दिन माघी महोत्सव  मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एवं थारू कल्याण कारिणीसभाका अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिए ।

महोत्सवले थारू संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्दै आन्तरिक एवं बाह्य पर्यटकलाई महोत्सवमा सहभागि गराई मुलुकको अर्थतन्त्रमा विकास गर्नमा सहयोग पुर्याउने लक्ष्य राखेको समेत उनको भनाइ छ ।

सम्बन्धित समाचार

ताजा समाचार