तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिने, १ घण्टामै दर्श्न गर्न सकिने

spot_img

काठमाडाैँ । पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालु महिलाका लागि एकदेखि डेढ घण्टाभित्र दर्शन गरेर फर्की सक्नेगरी व्यवस्था मिलाइएको छ । पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था गरेकाे र मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिने काेष जनाएकाे हाे ।

कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले चर्को घाममा लामो समय लाइनमा बस्न असहज हुने भएकाले एकदेखि डेढ घण्टाभित्र दर्शन गरेर फर्की सक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिएका हुन् । साथै लाइनमा बस्न उचित व्यवस्था मिलाइएको समेत बताएका छन् ।

तीजका लागि पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, ट्राफिक एवं पार्किङ व्यवस्था, स्वास्थ्य सेवा, सरसफाइ तथा जुत्ता–चप्पल कक्षको व्यवस्थापन एवं सञ्चालन गरिने कोषका सूचना अधिकारी अनिता भट्टले बताइन् ।

यस वर्षकाे तीज मंगलबार परेकाे छ ।  यस दिन व्रतालुले निराहार व्रत बसेर भगवान् शिवको पूजाआराधना गर्ने गर्दछन् ।

सम्बन्धित समाचार

ताजा समाचार