सुनको मूल्य हालसम्मकै उच्च

spot_img

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै सबैभन्दा बढी हो। आज सुन प्रतितोला एक लाख ७५ हजार दुई सय रूपैयाँ पुगेको छ।

यसअघि गत चैत १ गते सबैभन्दा बढी प्रतितोला एक लाख ७४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला सात सय रूपैयाँ बढी हो ।

यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेर प्रतितोला दुई हजार ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार