‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरु’को आमा बोलको गितले चर्चा बटुल्दै

"आमा म कमाएर गाँउ नफर्किदा सम्म तिमी बुढी नहुनु है ..."

spot_img

काठमाडौँ । चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरु’को ले आमा बोलको गित सार्वजनिक भएको छ । आमाप्रतिको प्रेमभाव बोल्ने गीतमा गीतमा अर्जुन पोखरेलको शब्दरचना, संगीत र स्वर रहेको छ भने साथमा मनिषा सुनारको पनि आवाज रहेको छ ।

गितमा आमा र छोराबीचको भावनात्मक सम्बन्ध देखाएको छ । चलचित्रको मुख्य कलाकारले घर छोड्दादेखि सहरमा गरेको संघर्ष र खाएको हन्डरसम्म गीतमा समावेश गरिएको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, कविता आलेलगायतको अभिनय देख्न सकिन्छ ।

पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत र फिलिप डिसी रहेका छन् ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । चलचित्रमा प्रसान्त सिवाकोटी, एसडी योगी, थानेश्वर गौतम र अर्जुन पोखरेलको संगीत रहनेछ ।

जनै हराएको बाहुन नाम राखी निर्माणकाे घोषणा गरीएकाे यस फिल्मले  नामकैका कारण चर्चा र विवादमा परेपछि फिल्मकाे नाम परिवर्तन  गरीएकाे थियाे । हिन्दू धर्मसँग सम्बन्धित केही व्यक्ति र संस्थाले फिल्मको नामलाई लिएर आपत्ति जनाएपछि निर्माण पक्षले फिलमकाे नाम ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरु’ राखेकाे हाे ।

नवीन गुरुङ डीओपी रहेको चलचित्र तिजको अवसर पारेर भदौमा प्रदर्शन हुने बताइएको छ । चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुनेछ ।

 

 

सम्बन्धित समाचार

ताजा समाचार