नेपाली फिल्म ‘सेप अफ मोमो’ले जित्याे कान्समा ‘हफ गोज टु कान्स’ अवार्ड

spot_img
काठमाडौँ । यसवर्षको विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलअन्तर्गतको कान्स मार्केटमा नेपाली फिल्म ‘सेप अफ मोमो’ ले

‘हफ गोज टु कान्स’ अवार्ड जितेकाे छ ।

त्रिवेणी राई निर्देशित ‘सेप अफ मोमो’ सहित अन्य देशका ५ फिल्म कार्यक्रमका लागि छनोट भएका छन् ।

सेप अफ मोमोमा  गौमाया गुरुङको शीर्ष भूमिका छिन् भने  पशुपति राई, राहुल मुखिया र श्यामाश्री शेर्पाको पनि अभिनय रहेकाे छ ।

‘सेप अफ मोमो’ सहित चीनको ‘हर फस्ट टेस्ट’, इन्डोनेसियाको ‘अन योर ल्याप’, चीनको ‘से माइ नेम’, जापानको ‘ह्वाइट फ्लावर्स एन्ड फ्रुट्स’ कार्यक्रममा छनोट भएकाे कान्स मार्केटले आधिकारिक वेबसाइटमार्फत जानकारी दिएको छ ।

यी सबै फिल्म कान्स मार्केटमा पिचिङ गरिएका थिए । निर्देशक राईसँगै, निर्माता किसले र मुख्य कलाकार गौमाया गुरुङले महोत्सवमा फिल्मको प्रतिनिधित्व गरेका थिए, जहाँ टोलीले भारत प्याभिलियनमा यसको आधिकारिक पोस्टर पनि सार्वजनिक गरेको थियो ।

यो कार्यक्रममा छनोट भएसँगै फिल्मले पोस्ट प्रोडक्सन, ल्याब सहायता, फिल्म निर्माणमा हङकङ एसिया फिल्म फिनान्सिङ फोरमबाट सहयोग पाउनेछ ।

हङकङ-एसिया फिल्म फाइनान्सिङ फोरम (एचएफ) सँगको साझेदारीमा तयार पारिएको “गोज टु कान्स“ पहलले अधूरा परियोजनाहरूलाई एक्सपोजर, नेटवर्किङ अवसरहरू र सम्भावित वितरण सम्झौताहरू प्राप्त गर्न प्लेटफर्म प्रदान गरेर एसियाली सिनेमामा उदीयमान आवाजहरूलाई बृद्धि गर्ने लक्ष्य राखेको छ ।

छनोट भएका पाँच टोलीमध्ये प्रत्येकले कान्स फिल्म बजारमा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई आफ्नो कामको १० मिनेटको अंश प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार