प्रदीप खड्का कान्स रेड कार्पेटमा

spot_img

काठमाडौँ । कान्स फिल्म फेस्टिभल २०२५ मा अभिनेता प्रदीप खड्का र प्रदीप शाही सहभागी भएका छन् ।

फ्रान्समा जारी फेस्टिभलको रेडकार्पेटमा ‘एक्लो’ का अभिनेता खड्का र शाही सहभागी भएका हुन् । उनीहरूसहित ‘एक्लो’ का निर्माताहरू रितेश राना, संगीता श्रेष्ठ, भाइराजा थापा, राजु गुरूङ, उत्सव विष्टसहित कोपरेटिभ डिरेक्टर रिश्ता कार्की पनि बजारीकरण प्रमुखको रूपमा सहभागी भएका छन् ।

नेपालको प्रतिनिधित्व गर्दै प्रदीप शाही निर्देशित फिल्म ‘एक्लो’ले ‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा स्टल राखेकाे थियो । फिल्मको टिमले अन्तर्राष्ट्रिय वितरकहरुलाई टिजर र छायांकनका दृश्य देखाउँदै विश्वव्यापी वितरणबारे छलफल गरेकाे  बताइएकाे छ । यो फेस्टिभलमा पहिलो पटक नेपाली फिल्मले स्टल राखेकाे हो । स्टलमा नेपालको झण्डा समेत राखिएको थियो । निर्देशक प्रदीप शाही स्वयम प्रोड्युर्स नेटवर्कमा सहभागी छन् ।

विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको ७८ औं संस्करण फ्रान्सको दक्षिणी सहर कान्समा आयोजना भइरहेकाे छ । मे १३ देखि सुरू भएको फेस्टिभल मे २४ सम्म चल्नेछ ।

एक्लो साइन्स फिक्सन फिल्म हो। यसमा प्रदीपसहित बेनिशा हमाल, विजय लामा, सुनील थापा, दीया पुन, दिनेश डिसी, सुरज सिंह ठकुरी, एवन राज उप्रेति, कविता नेपाली, त्रीचु राई, कृष्णभक्त महर्जनलगायत कलाकारको अभिनय छ ।

 

सम्बन्धित समाचार

ताजा समाचार