काठमाडाैँ । सोमबार सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो आइतबार सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य आज अघिल्लो दिनकै मूल्यमा अर्थात् प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

