मोहन बस्नेतलाई गगन थापाकाे जवाफ – फोहोर चलाएर फोहोरी बन्दिन

माेहन बहादुर बस्नेतले टेरामस्क्स प्रकरणमा अख्तियार आफ्नो विरुद्धमा लाग्नुमा महामन्त्री गगन थापाकाे भूमिका रहेको आरोप लगाएका थिए ।

spot_img

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बस्नेतले गगन थापालाई लगाएकाे आरोपको जवाफमा फाेहाेर चलाएर फाेहाेरी नबन्ने बताए ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहन बस्नेतले आफूमाथि लगाएको गम्भीर, अराजनीतिक, अशिष्‍ट र अमर्यादित आरोपलाई फोहोरको संज्ञा दिए ।

थापाले भने, ‘बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ जवाफ। आमाले भन्नुहुन्थ्यो, फोहोर नचलाउनु – फोहोर चलाए आफैँ फोहोरी भइन्छ। आज म आमाको कुरा सुन्छु।’

समय लाग्ला कोही पनि सग्लो छैनन् : माेहन बस्नेत

टेरामाक्स प्रकरणमा मुछिँदै आएर धरौटीमा छुटेका मोहन बस्नेतले केन्द्रीय बैठकमा गगन थापालाई लक्षित गर्दै आरोप लगाए पछि थापाले ती आरोपलाई ‘राजनीतिको तह र सभ्यताको सीमा नाघ्ने’ भन्दै जवाफ फर्काए ।

 

 

सम्बन्धित समाचार

ताजा समाचार