प्रत्यक बर्षको बैशाख अन्तिम देखि जेठ महिना नेपालको हिमाली भेगतिर यार्षा टिप्नेको मेला लाग्ने गर्दछ। यो वर्ष पनि यसैगरी नेपालभरीका हिमाली भेगतिरका मानिसहरु यार्षा संकलन गर्न लेकतिर चढीसकेका छन्। यसै गरि रुकुम पूर्वको पूथा उत्तरगंगा गाउँपालिकाको वडा नं १ र २ मा पर्ने पूपाल बुकि सेरोफेरोमा यार्षा टिप्न स्थानिय मानिसहरुको भेला सुरुभएको छ। नेपालको एकमात्र शिकार आरक्ष क्षेत्रमा पर्ने यो भूभागमा यो वर्ष भने रुकुम पूर्वको गाउँपालिकाको वडा नं १ र २ का स्थानियहरुले मात्रै भेला भएका छन्।

बिगतका वर्षहरुमा पहिले केहि समय स्थानियले टिपेपछि बाहिरका संकलकलाइ पनि प्रबेश गर्न दिईन्थ्यो तर यो वर्ष कम मात्रामा यार्षा भेटिने भन्दै यो क्षेत्रमा बाहिरका संकलकहरुलाइ प्रबेश निषेध छ। स्थानियहरुले पनि यार्षा संकलन गर्न प्रति ब्यक्ति ३,५०० रुपैया राजस्व काटेका छन्।

यो समयमा यो भेगका गाउँघरहरु करिब एक महिनाका लागि प्राय खाली हुने गरेको छ। यार्षा गुम्बा बहुमूल्य जडिबुटीहरु मध्यको एक मानिन्छ।








तस्बिरहरु: दिलचन पून, रुकुम पूर्ब

