प्राधिकरणमा फर्किदै हितेन्द्र देव, सर्वोच्चले उल्ट्यायो कुलमानको निर्णय

spot_img

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नै आउने भएका छन् ।सर्वोच्च अदालतले वर्तमान सरकारका उर्जमन्त्री कुलमान घिसिङको निर्णय उल्ट्याए शाक्यलाई पुनर्स्थापना गर्न आदेश दिएको हो । योसँगै अब प्राधिकरणको नेतृत्व शाक्यले नै गर्नेछन् ।

सर्वोच्चका न्यायाधीशद्वय डा। नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई नहटाइ प्राधिकरणमै हाजिर भई कामकाज गर्न दिन सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको हो ।

जेनजी आन्दोलनपछि कुलमान घिसिङ मन्त्री बनेपछि शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको थियो भने कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेका थिए ।

‘शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर ऊर्जा आयोगमा लैजाँदा मन्जुरी लिनुपर्ने भएपनि नलिएको पाइएको अदालतले भनेको छ।

शाक्यले आफूलाई ऊर्जामन्त्री कुलमान घिसिङले व्यक्तिगत रुपमा प्रतिशोध लिई कार्यकारी निर्देशकको पदबाट हटाएको दाबी रिटमा गरेका थिए। सर्वोच्च अदालतले मन्त्री घिसिङको निर्णय प्रतिशोधपूर्ण रहेको समेत ठहर गरेको छ।

सम्बन्धित समाचार

ताजा समाचार