‘ऊनको स्वीटर’को आक्रामक कमाइ, दर्शककाे उत्साहजनक साथ

spot_img

काठमाडौँ । नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ले पहिलो सप्ताहन्त घरेलु बक्सअफिसमा आक्रामक कमाइ गरेकाे छ  ।

‘ऊनको स्वीटर’ले सुरुवाती २ दिन (शुक्रबार र शनिबार)मा घरेलु बक्सअफिसमा १ करोड ३७ लाख ६९ हजार ग्रस कमाइ गरेको छ । शुक्रबार र शनिबार दर्शककाे उत्साहजनक साथ पाएकाे यस फिल्मले आइतबार पनि दर्शकको राम्रो फ्लाे पाइरहेकाे छ । विशेषगरि काठमाडौं उपत्यका र पूर्वेली सहरमा दर्शककाे उत्साहजनक साथ देखिएकाे छ ।

सप्ताहन्त लगत्तै २ कराेडकाे दाैडमा रहेकाे ‘ऊनको स्वीटर’ले सोमबार बुद्ध जयन्तीका अवसरमा सार्वजनिक बिदा भएकाले झन् फाइदा पुग्ने देखिन्छ ।

‘अञ्जिला’ पछि डेब्यु निर्देशक नविन चाैहानकाे ‘ऊनको स्वीटर’ले बक्स अफिस चलाएमान गरेकाे छ ।

यस फिल्मलाई पूर्वी नेपालको लेकाली भूगोल र लिम्बु समुदायको आञ्चलिकतामा सेट गरिएको छ । यो फिल्म एक सीमापार प्रेमको अन्तर्जातिय प्रेमको कथा हो ।

आर्टमान्डु प्रालिको ब्यानरमा बनेको फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, सुनील पोखरेल, सुरज तमु र प्रेम सुब्बालगायतको अभिनय छ।

फिल्मको कथा निर्देशक चौहानले नै लेखेका हुन् ।

फिल्मकाे कथा सँगसँगै यसका गित, संगित पनि दर्शकले मन पराइरहेका छन् ।

फिल्म प्रदर्शनमा आएसँगै निर्देशक नवीन चौहानदेखि मुख्य कलाकारहरु विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू र एलेक्स पारसले हल/हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार