काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक निशा डाँगीले उपसभामुखलाई हटाउन हस्ताक्षर सङ्कलन गरेको कुराप्रति असन्तुष्टी जनाउँदै सरकारले फुर्ति देखाएकाे संज्ञा दिएकी छिन् । शुक्रबार प्रितिनिध सभा बैठकमा बाेल्दै डाँगीले सरकारले जनताका समस्या समाधान गर्न सुस्त देखिएकाे सरकारले उपसभामुख हटाउन फुर्ति देखाएकाे बताएन ।
उनले उनले प्रमाणबिना उपसभामुखलाई हटाउन खोजिएको दाबी गरिन् । साथै उनले अरू दलहरूले नैतिकताको पाठ पढाउन आवश्यक नरहेको बताइन् । डाँगीले भनिन्, ‘थरी थरीका काण्डै काण्डबाट निस्कन नसकेका दलले नैतिकताको पाठ पढाउन मिल्दैन ।’
उनले नैतिकताको पाठ पढाउने दलहरूको तरिका परीक्षामा कहिल्यै पास नभएका विद्यार्थीले कसरी पास हुने भनेर सिकाएकोजस्तो भएको तर्क गरिन् ।
उपसभामुखलाई हटाउन हस्ताक्षर सङ्कलन गरेको कुराप्रति असन्तुष्टी जनाउँदै
उनले दुई तिहाइको सरकारले ३० प्रतिशत पनि काम गर्न नसकेको भन्दै सरकारको कार्यक्षमतामाथि प्रश्न पनि उठाइन् ।

