समृद्ध नेपाल र सुखी नेपालीकाे आकांक्षा साकार पार्न क्रियाशिल छौँ : प्रधानमन्त्री

प्रधानमन्त्रीले नेपालले समृद्धि हाँसिल गर्न चाहेको र सोहीअनुसार काम अघि बढाइरहेको बताए ।

spot_img

काठमााैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीकाे आकांक्षा साकार पार्ने गन्तव्यतर्फ क्रियाशिल रहेकाे बताएका छन् ।

सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सुशासन र विकासको अभियानमा अघि बढेको समेत बताए ।

प्रधानमन्त्रीले नेपालले समृद्धि हाँसिल गर्न चाहेको र सोहीअनुसार काम अघि बढाइरहेको जिकिर गरे।

‘नेपाल अहिले सुशासन र विकासको अभियानमा अघि बढेको छ,’ उनले भने, ‘जसबाट हामी समृद्धि हाँसिल गर्न चाहन्छौँ। र एउटा सभ्य, समृद्ध, विकसित राष्ट्र बनाउन चाहन्छौँ। हामीले गन्तव्य आफ्नो बनाएको भनेको हामी सबै नेपाली जनताको साझा आकांक्षा समृद्ध नेपाल र सुखी नेपाली हो। त्यसलाई साकार पार्ने गन्तव्यतर्फ क्रियाशिल छौँ ।’

सम्बन्धित समाचार

ताजा समाचार