‘प्रधानमन्त्रीले भ्रष्टाचारीको गाला मुसारेर मन्त्रिपरिषद्‌मा राख्नुहुन्छ’

spot_img

काठमाडौं । राष्ट्रियसभा सदस्य सुरेश कुमार आलेमगरले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको मुख हेर्ने मात्र नभई मायाले गाला मुसारेर मन्त्रिपरिषद्‌मा राखेको टिप्पणी पनि गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आले मगरले प्रधानमन्त्रीको संरक्षणमा भ्रष्टाचार मौलाइरहेको आरोप लगाएका हुन् ।

मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले उनले भने, ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन दिन्न, भ्रष्टाचारीको मुख पनि हेर्दिनँ भन्ने साइनबोर्डहरु निकालेर फालिदिए हुन्छ जस्तो लाग्छ। किनभने भ्रष्टाचार जताततै छ्याल्लब्याल्ल देखिन्छ । जताततै भ्रष्टाचार देखिन्छ । भ्रष्टाचार गर्ने एकजना मन्त्रीलाई प्रधानमन्त्रीज्यूले मुख मात्र हेर्ने होइन कि मायाले गाला मुसारेर मन्त्रिपरिषद् बैठकमा पनि राख्नुहुन्छ।’

उनले अगाडि थपे,  ‘… एकजना मन्त्री निलम्बन हुनुभयाे, अर्को मन्त्री पाइपलाइनमा हुनुहुन्छ । उहाँलाई जोगाउने लाइफलाइन छ कि छैन थाहा छैन ।’

कास्कीको पोखरास्थित लिचिबारीको १३४ रोपनी जग्गा हडप्न घुस लेनदेन गरेको आरोप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई पनि लागेको छ । तर, सार्वजनिक अडियो मन्त्री अधिकारीले स्विकारेका छैनन् ।

सम्बन्धित समाचार

ताजा समाचार