घुस प्रकरणमा मुछिएका भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई बर्खास्त गर्न माग

spot_img

काठमाडौं । राष्ट्रियसभा सदस्य उदयबहादुर बोहराले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई बर्खास्त् गर्न माग गरेकाे छन् ।

मंगलबार  राष्ट्रियसभाको बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद उदयबहादुर बोहराले सार्वजनिक भएकाे  अडियोहरूमा  कास्कीको पोखरास्थित क्षेत्रको १३४ रोपनी जग्गा हडप्न घुस लेनदेन गरेको विषयमा आरोपित तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएको तर, भूमिमन्त्री अधिकारीले राजीनामा नदिएको भन्दै उनले बर्खास्त गर्न माग गरे ।

उनले भने  ‘…३२ लाखको घुस डिलको अडियो सार्वजनिक भएका र उनी सम्वद्ध कास्की जिल्ला पार्टी कार्यालयले कारबाहीका लागि सिफारिस गरेका भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारणमन्त्रीको राजीनामा नआएकोले तत्काल बर्खास्त गरी उनलाई छानबिन गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछु ।’

सार्वजनिक भएको २५ लाखको घुस डिलसम्बन्धी अडियोमा गुप्ताले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई पैसा (घुस) खाइसकेको दाबी गरेका छन् । अधिकारीले पोखराको बाटुलेचौरस्थित १ सय ३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर दर्ता गर्नका लागि ३२ लाख रुपैयाँ घूस बुझेको दाबी गरिएको कुरा अडियाेमा उल्लेख छ ।

सम्बन्धित समाचार

ताजा समाचार