काठमाडौँ । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा ७० वर्षे उमेर हद हटाउने भए आफू जेलमा बसेको १४ वर्षे अवधि घटाउनुपर्ने तर्क दिएका उनकाे याे अभिव्यक्तिकाे अहिले निकै नै चर्चा भइरहेकाे छ ।
यसै चर्चाकाबिच पूर्व नेता भिम रावलले ओलीप्रति कटाक्ष गर्दै सामाजिक संजालमा एक्समा ट्विट गरेका छन् ।
एमाले छाडेर मातृभूमि जागरण अभियान चलाइरहेका रावलले ओलीकाे बाल्यकाल, सुतेको र बिरामी भएको समयावधि पनि घटाउनु भनेर व्यङ्ग्य गरेका छन् ।
‘एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनु पर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ’, रावलले सोमबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनुअघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि ?’


