काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएकाे बताएकी छिन् । झण्डै २ घण्टाकाे वार्तामा राष्ट्रिय राजनीतिबारे छलफल भएकाे उनले बताएकी हुन् ।
साथै उनले भेटवार्तामा सदस्यता नविकरणका बारेमा छलफल नभएकाे तर नेकपा एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको बताएकी छिन् ।
‘उहाँसँग मेरो राष्ट्रिय राजनीतिको बारेमा मात्रै कुराकानी भयो,’ भण्डारीले भनिन्, ‘मैले पहिल्यै नवीकरण गरेको छु । बाँकी काम आधिकारिक च्यानलबाट हुन्छ ।’
एमाले संस्थापन पक्षले भने भण्डारीको सदस्यता पेन्डिङमा रहेको दाबी गर्दै आएको छ ।

