ज्ञानेन्द्र शाहीकाे ‘भ्रष्टाचार गर्न नपाए ओली क्याबिनेटमा जानू’ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेकाे माग

spot_img

काठमाडौं । एमाले सचेतक सुनिता बरालले, राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले मंगलबारको प्रतिनिधिसभा बैठकमा बोलेको कुरा हटाउन माग गरेकी छन् ।

संसद् बैठकमा नियमापत्ति गर्दै सचेतक बरालले शाहीको धारणा हटाउन माग गरेकी हुन् ।

शाहीले केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाएका थिए । शाहीले भनेका थिए, ‘पहिले एउटा भनाइ थियो, ज्ञान नपाए काँशी जानू, न्याय नपाए गोरखा जानू । भ्रष्टाचार गर्न नपाए केपी ओली सरकारको मन्त्रिपरिषद्‌मा आउनू ।’

शाहीको उक्त भनाइमा नियमापत्ति जनाउँदै बरालले हटाउन माग गरेकी हुन् । बरालले प्रधानमन्त्रीमाथि तथ्यहीन आरोप लगाइएकाले रेकर्डबाट हटाउन माग गरेकी हुन् ।

सम्बन्धित समाचार

ताजा समाचार