काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने भएको छ ।
नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएका हुन् ।
नेपाल र वामदेव गौतमसहितका नेताहरूबीच छलफल हुदाँ राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीती र कार्यदिशामा एकरुपता रहेकाले पार्टी एकताको सहमति भएको बताइएको छ ।
साउन २ गते राष्ट्रिय सभा गृहमा समारोह आयोजना गरी नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीको एकता घोषणा गरिने छ ।
प्रेस विज्ञप्ति :


