काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले २६ नेता कार्यकर्तालाई पार्टी हित विपरीत कार्य नगर्न सचेत गराएको छ ।
गत निर्वाचनमा पार्टीका वा समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेका आधारमा २६ जनालाई सचेत गराएकाे हाे ।
गत निर्वाचनमा पार्टीका वा समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेका उजुरीका आधारमा कैलालीमा २, डोल्पामा १०, सल्यानमा ११, दैलेखमा १, खोटाङ्गमा र धनुषामा १/१ जना समेत गरी जम्मा २६ जना सचेत गराइएको छ ।
त्यस्तै तीन तहको निर्वाचनमा पार्टीका उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक भई कारबाही परेका तर फुुकुवाको पुनरावेदन प्राप्त अनुशासन समितिले जनाएको छ ।
कारबाही फकुवाको माग गरेर निवदेन दिनेहरूमा कोशीमा १७, मधेशमा २३, बागमतीमा ४, गण्डकीमा ३, लुम्बिनीमा ३६, कर्णालीमा ४ र सुदूरपश्चिममा १ गरी ८८ जना रहेको अनुशासन समितिले जनाएको छ ।
यसअघि केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिको असार ९ देखि १७ गतेसम्म बसेको बैठकले लुम्बिनी महामन्त्री विक्रम खनाल, खोटाङ सभापति विष्णुकुमार राई, गण्डकीका पूर्वमन्त्री कुमार खड्कालगायत १८ जनालाई कारबाहीको निर्णय गरेको थियो ।

