६ महिनापछि बालेनले बोलाए कार्यपालिका बैठक, गुरागाईं भने छुट्टीमा

कार्यपालिका बैठक राख्नका लागि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भने छुट्टीमा बस्न लगाइएको छ ।

spot_img

काठमाडौं । काठमाडौं  महानगरपालिकाको कार्यपालिका बैठक ६ महिनापछि बस्ने भएको छ । महानगर प्रमुख बालेन शाहले शुक्रबार (भोलि) दिउँसो २ बजे बैठक बोलाएका हुन् ।

कार्यपालिका बैठक राख्नका लागि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भने छुट्टीमा बस्न लगाइएको छ ।

मेयरले कार्यकारीसँग बैठक नगर्ने अडान लिएपछि कार्यकारी अधिकृतलाई भने छुट्टीमा पठाइएको बताइएकाे छ ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार कार्यपालिका बैठक डाक्ने र त्यसको अध्यक्षता गर्ने जिम्मेवारी मेयरको हो । ऐनले महिनामा एकपटक बैठक बस्नुपर्ने व्यवस्था गरेको छ ।

तर, काठमाडौं टावरको नक्सा पाससम्बन्धी विवाद चर्किएपछि मेयर शाहले गत पुसयता कार्यपालिका बैठक डाकेका थिएनन् ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

 

सम्बन्धित समाचार

ताजा समाचार