काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस र एमालेका शीर्ष नेता छलफलमा जुटेका छन् ।
छलफलमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी छन् ।
रसुवामा बाढीले मितेरी पुल, टिमोरिया भन्सार, जलविद्युत आयोजनामा क्षतिका बारेमा छलफल भइरहेकाे जनाइएकाे छ । पुगेपछि सत्ता साझेदार दल छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवामा बाढीले पुर्याएको क्षतिपछि अत्यावश्यक बाहेक पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेका छन् ।

