नाउपाले फिर्ता लियाे सरकारलाई दिएकाे समर्थन, ३० दिनभित्र प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने

spot_img

काठमाडाैँ । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक पत्र सभामुख देवराज घिमिरेलाई बुझाएको छ ।

नाउपा अध्यक्षसमेत रहेकी प्रतिनिधि सभा सांसद रञ्जिता श्रेष्ठले आइतबार सभामुख घिमिरेलाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी गराएकी हुन् ।

संसदीय दलको बैठकले शनिबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । साेहि निर्णयअनुसार आइतबार पत्र बुझाएको हो ।

नाउपा अध्यक्ष श्रेष्ठका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि आजै भेटवार्ताको समय लिइएको छ । प्रधानमन्त्री ओली हुम्ला गएकोले काठमाडौं फर्केपछि अपराह्न ४ बजे भेटवार्ता हुने तय भएको उनको भनाइ छ । सरकारमा रहेको दलले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले ३० दिनभित्र संसद्‌मा विश्वासको मत लिनुपर्नेछ ।

प्रतिनिधिसभामा नाउपाका ४ जना सांसद छन् । नाउपामा अध्यक्ष रन्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीको विवादले सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो ।

सम्बन्धित समाचार

ताजा समाचार