काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्नुपर्ने धारणा राखेका छन्।
आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा संविधान संसाेधन गरेर धार्मिक स्वतन्त्रता राख्न धारणा राखेका हुन् ।
‘धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राखौं, नेपाली कांग्रेस र नेकपा (एमाले) बीच २०७१ असार १७ गते भएको ७ बुँदे सहमतिमा पनि संविधान संशोधन गर्ने भनिएको थियो, पहिलो संशोधन यहीँबाट गरौं,’ कोइरालाले भने ।
साथै उनले निर्वाचन प्रणाली हेर्न पनि सुझाव दिएका छन् ।
‘प्रतिनिधि सभा सबै प्रत्यक्ष गरौं र राष्ट्रिय सभा पूर्ण समानुपातिक गरौं,’ उनले भने, ‘अहिलेको निर्वाचन प्रणालीले कसैको पनि बहुमत आउने देखिँदैन ।’
साथै उनले आफू ४ पटक सांसद भैसक्दा पनि मन्त्री नभएकाेले सांसद हुनु भनेकाे मन्त्री हुनु नभएकाे समेत बताए ।
कोइरालाले पार्टीलाई एक ढिक्का बनाउने कुरा गरेकोमा सभापति शेरबहादुर देउवालाई धन्यवाद पनि दिएका छन्।

