काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनी स्पेनबाट दोहा हुँदै कतार एयरवेजमा शुक्रबार साँझ प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।
संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको टोली गत १४ असारमा त्यसतर्फ प्रस्थान गरेको थियो ।
प्रधानमन्त्री ओलीले स्पेनको सेभिल्लामा भएको ‘इन्टरनेसनल कन्फेरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स् (एफएफडी–४)’ लाई सम्बोधन गरेका थिए । यस्तै, प्रधानमन्त्री ओलीले राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग पनि भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री ओली भ्रमण टोलीमा २१ जना सहभागी थिए ।

