झाक्रीले भनिन- मलाई स्पष्टीकरण सोधेको भनेर हल्ला फिँजाएको हाे

spot_img

काठमाडाैँ । नेकपा एकीकृत समाजवादी (नेकपा एस)की नेतृ रामकुमारी झाक्रीले आफूलाई स्पष्टीकरण सोधेको भन्ने कुरा निराधार, हावा भएको र झुटाे हल्ला फिजाँएकाे टिप्पणी गरेकी छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाक्रीले आफूले स्पष्टीकरणको पत्र नपाएको र सोध्दा पनि नसोधेको दाबी गरीन  ।

उनले भनिन, ‘मलाई स्पष्टीकरण सोधेको भनेको निराधार, कपोलकल्पित, हावा कुरा हो। मलाई स्पष्टीकरण सोधिएको छैन, सोध्ने निकाय पनि थाहा छैन । कुन तहको बैठकको निर्णयले दिनुभएको हो थाहा छैन। खाली दुई–तीन जना मानिसहरूले टिभीमा गएर स्पष्टीकरण सोधियो, लियो भन्नेकुरा गर्नुभएको छ।’

बुटवलमा पार्टीसम्बद्ध युवा संघको प्रशिक्षण कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल लक्षित ‘सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौ’ भन्ने अभिव्यक्ति दिएकी झाक्रीलाई स्पष्टीकरण सोधिएकाे एकीकृत समाजवादीका सचिव सोमप्रसाद पाण्डेले बताएका थिए । उनले झाक्रीलाई तीन दिनभित्र जबाफ पेस गर्ने गरी स्पष्टीकरण सोधेको समेत बताएका थिए ।

तर झाक्रिले भने स्पष्टीकरण सोधेको भनेर पार्टीका ‘शक्तिशाली पदाधिकारीहरू’ले बोलेको थाहा पाएपछि आफू त्यसबारे बुझ्न र बैठकमै आएर आफ्नो बारेमा छरिएका भ्रमबारे जान्ने चाहनाअनुसार निवेदन दिएको बताइन् ।

सम्बन्धित समाचार

ताजा समाचार