कांग्रेसले किन्याे १३ कराेडकाे घरजग्गा, कहाँबाट आउँछ पैसा ?

spot_img

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यालय परिसर विस्तार गर्न १३ कराेडकाे घरजग्गा किन्ने भएकाे छ ।

केन्द्रीय कार्यालय भवन रहेको सानेपा कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउन कांग्रेसले अगाडिपट्टी रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र सोही जग्गामा बनेको तीनतले घर खरिद गर्ने भएको हो ।

अमिरमान अमात्यको नाममा रहेको सो जग्गा र घर नेपाली कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्नेगरी महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग एक वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैनासहित ११ असारमा सम्झौता भएको हो ।

जग्गा र घर किन्न लाग्ने १३ करोड रुपैयाँ, पार्टीको विभिन्न तहको लेवी एवं शुभेच्छुकहरूको सहयोगमार्फत चुक्ता गरिने बताइएकाे छ ।

सम्बन्धित समाचार

ताजा समाचार