काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले परिक्षण नै नभएका नयाँ राजनीतिक दलहरुले केही गर्न नसक्ने बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस विभिन्न चरणका परीक्षणहरुमा पास भएर आएकाे समेत दाबि गरे ।
उले भने, ‘भर्खर जन्मिएका पार्टीले के गर्छ ? टेस्ट नै केही भएको छैन । हामी त पटक पटक जनताको माझमा गएर परीक्षणमा पास भएर आएका छौं ।’ उनले थपे , ‘पटक पटक परीक्षामा पास भएका पार्टीलाई त प्रश्न गर्छन् । परीक्षामा केही भएकै छैन, तिनीहरुकै मात्रै कुरा यहाँ हुने भयो भने देश कहाँ पुग्छ ?’ उनले भने।
सिंशले २००३ मा स्थापना भइ जनताको अधिकारका लागि लडेका पार्टीलाई नजरअन्दाज गरेर केही नगरेकाहरुबाट केही हुन्छ भन्ने आश गरेर पछिलाग्नु पनि तर्कसंगत नहुने समेत बताए ।

