संसदमा रास्वपा: वेलमा माैन, पलेटी कसेर बजेट पुस्तिका पढ्दै

spot_img

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू संसदमा निरन्तर रूपमा विराेध गर्दै आइरहेका छन् ।

भिजिटभिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गर्दै आएका उनीहरूले संसदमा कहिले नाराबाजी त कहिले रोष्ट्रम अगाडि पलेंटी कसेर बसेर विराेध गर्दै आइरहेका थिए । तर आज (विहिबार) भने रास्वपा सांसदले विराेधकाे शैली परिवर्तन गरेका छन् । बिहीबार सुरुमा केहीबेर नारावाजी गरेपनि त्यसपछि भने उनीहरू वेलमा मौन रहेका छन् ।

पलेँटी कसेर बसेका उनीहरूमध्ये कोही बजेट किताब वेलमै बसेर बढिरहेका छन् भने कोही बजेट छलफलमा सांसद्का धारणा सुनिरहेका छन् । आफूसँग सम्बन्धित र पक्षधरका धारणा रोष्ट्रम बाेल्दा उनीहरू बजेट किताबमाथि ढ्याप ढ्याप समेत गरिरहेका छन् ।

सांसद प्रभु साहले संसद्को अवरोध हटाउने पहल लिन सरकारलाई सभामुखले रुलिङ गर्नुपर्ने माग गर्दा रास्वपा सांसदहरूले ताली बजाएर समर्थन गरेका थिए ।

वेलमा जानु अगाडि रास्वपाका सांसद हरि ढकालले गृहमन्त्री रमेश लेखकमाथि प्रश्न गर्दै लाखौँ युवा ठगिएको विषयलाई उठाउँदा सरकारले नजरअन्दाज गरेको आरोप लगाएका थिए । उनले भूइमान्छेका आवाज बाेल्दा सरकारले सुन्दैन, याे कुन किसीमकाे शुसाशन चल्दैछ भनि प्रश्न गरेका थिए ।

‘विमानस्थलबाट मानव बेचबिखन ब्युरो किन हटाइयो ? विमानस्थलभित्रको अनुसन्धान गरेको, अनावश्यक कर्मचारी विमानस्थलमा थपेको ? सचिवालयका कर्मचारीको सचिवालयको कर्मचारीको सरुवा, डीआईजीका सरुवालगायत किन गरेको ? लगायतका प्रश्न गरेका थिए ।

आफूहरूले प्रश्नको जवाफ नपाएको भनेर उनले आन्दोलन जारी राख्ने बताए । त्यसपछि रास्वपाका सांसदहरू वेलमा पुगे ।

करिब १ महिनादेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति बनाउन माग गर्दै सबै प्रतिपक्षीले बैठक अवराेध गरिरहेका थिए । तर, गत शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले सत्तापक्षसँग दुई बुँदे सहमति गरी बैठक सञ्चालन गर्ने सहमति गरेपछि आइतबारदेखि संसदमा रास्वपा र राप्रपामात्रै विरोधमा छन् ।

राप्रपाले बैठक बहिष्कार गर्दै आएकाे छ भने रास्वपाले संसद बैठकमै विराेध गर्दै आइरहेकाे छ ।

सम्बन्धित समाचार

ताजा समाचार