काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२र८३ को बजेट पुस्तिका संसद बैठकमै च्यातेका छन् ।
अहिलेको बजेट उल्टो बाटोबाट हिँडेको भन्दै उनले संसद बैठकभित्रै बजेट पुस्तिका च्यातेका हुन् ।
बजेट नेतामुखी र मन्त्रीमुखी भएको आरोप उनले लगाए ।
उनले भने, ‘यो बजेट साँच्चिकै जनताप्रति उत्तरदायी नलिएको र एकाधिकार कायम गरिएको हुनाले यो किताब मलाई मन नपरेर सदनभित्रै च्यात्ने अनुमति मागेर च्यातेको छु,’ सांसद थापाले भने ।

