काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह कार्यपालिका बैठक र नगरसभा बोलाउन तयार भएका छन् ।
बैठक राख्ने मिती भने तय भइसकेकाे छैन ।
बुधबार काठमाडौं प्लाजास्थित मेयर कार्यालयमा उपमेयर सुनिता डंगोल र वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, वडा-३२ का अध्यक्ष नवराज पराजुली र वडा-१५ का अध्यक्ष ईश्वरमान डंगोल सहितको छलफल भएकाे थियाे । साे छलफल पश्चात मेयर बालेन शाह कार्यपालिका बैठक बोलाउन सहमति जनाएका हुन् ।
छलफलमा महानगरका प्रशासकीय अधिकृत सरोज गुरागाईंभने उपस्थित थिएनन् ।
५ महिनासम्म कार्यपालिका बैठक बस्ननसक्दा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटसमेत अन्योलमा परेको थियो ।
मेयर बालेन शाहले महानगरका प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा हाजिर गर्न रोक लगाएपछि विवाद सुरू हुँदा पुसदेखि कार्यपालिका बस्न सकेको थिएन।

