काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्टार्टअप शुरू गर्दा अध्ययन र योजना बनाएर लाग्नुपर्ने बताएका छन् ।
बुधबार आइडिया स्टुडियोद्वारा आयोजित ‘आइडिएरसँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले विश्वभर अधिकांश स्टार्टअप अध्ययन र योजनाबिनै गर्दा असफल हुने बताए ।
कार्यक्रममा बाेल्दै प्रधानमन्त्री ओलीले रिस्क कम हुने भएकाले गाई पाल्न सुझाव दिए ।
उनले भने, ‘धेरै स्टार्टअप असफल हुन्छन्, किनभने यसमा राम्रो अध्ययन र योजना बनाइँदैन । बरु राम्रो दूध दिने गाई पाल्नुस्, दिनमा ५०र६० लिटर दूध आउँछ । दुई/ढाइ लाखमा बाच्छी किन्न सकिन्छ, छाप्रो बनाएर थोरै खर्चमा व्यवसाय सुरु हुन्छ । ऋण लिन पनि सजिलो हुन्छ । रिस्क कम हुन्छ ।’
तर, यसका लागि पनि मिहिनेत र निरन्तरता भने दिनुपर्ने प्रधानमन्त्री ओलीले बताए ।

