कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिदेखि काठमाडौं उपत्यका बन्द हुन्छ : लिङ्देन

अब हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्किन्छौँ । कहाँ रोक्नुहुन्छ तपाईं ?

spot_img

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल कमल थापालाई ससम्मान फिर्ता नगर्ने हो भने भोलिदेखि काठमाडौं उपत्यका बन्द गर्ने चेतावनी दिएका छन् । आइतबार प्रदर्शनमा क्रममा कमल थापासहितका राजावादीलाई नियन्त्रणमा लिएपछि लिङ्देनले साे चेतावनी दिएका हुन् ।

उनले भने, ‘अब हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्किन्छौँ । कहाँ रोक्नुहुन्छ तपाईं ? कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिदेखि काठमाडौं उपत्यका बन्द सुरु हुन्छ ।’

उनले खास लडाइँ भोलिलेखि सुरु हुने  समते बताए । ‘अब हामी देशभरिबाट साथीभाइहरूलाई बोलाउँछौँ । खास लडाइँ त भोलिबाट सुरु हुन्छ,’ कमल थापा पक्राउ परेपछि लिङ्देनले भने ।

सम्बन्धित समाचार

ताजा समाचार