काठमाडौँ । प्रतिपक्षी दलहरूले सरकारलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउन दिने निर्णय गरेका छन् ।
बुधबार बसेको माओवादी केन्द्रसहितका विपक्षी दलहरूको बैठकले सरकारलाई बजेट संसदमा प्रस्तुत गर्न दिने निर्णय गरेका हुन्र । तर, बजेट पेस भएपछिका संसद बैठककाे अवरोध जारी राख्ने निर्णय गरेका छन् ।
यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेता पुष्पकल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर सदनको अवरोध खोल्न अनुरोध गरेका थिए । प्रचण्डले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म सदनको अवरोध खोल्न नसक्ने जवाफ दिएको बताइएकाे छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै मंगलबार माओवादी केन्द्रसहितका विपक्षी दलहरूले बैठक अवरुद्ध गरेका थिए । बुधबार समेत विपक्षी दलहरूले संसद अवराेध जारी राखेका छन् ।

