गृहमन्त्रीकाे राजीनामा गर्नुपर्ने कारण के छ, छानबिन समिति किन बनाउने : कांग्रेस

spot_img

काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक राजीनामा गर्नुपर्ने कारण नभएकाे र उनीमाथि छानबिन समिति पनि नबन्ने बताएको छ ।

सत्ता साझेदार नेपाली कांग्रेस र एमालेको बालुवाटार बैठक सकेर निस्किएका कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्री लेखकको राजीनामा नआउने र छानबिन समिति गठन हुने कुनै कारण नभएकाे बताए ।

‘के छानबिन गर्ने ? गृहमन्त्रीमाथि प्रश्न नै उठेको छैन । किन छानबिन समिति बनाउने ?,’ घिमिरेले भने, ‘कर्मचारीमाथि प्रश्न उठ्दा गृहमन्त्रीको किन छानबिन हुने ? राजीनामा गर्नुपर्ने कारण के छ ?’

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत विपक्षी दलहरूले भने गृहमन्त्री लेखकको राजीनामा माग्दै आएका छन् । माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा र छानबिन गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्न यसअघि मंगलबार प्रतिनिधिसभा बैठकमा अवरोध गरेका थिए । बुधबारको बैठकमा पनि अवरोध जारी राखेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार