गृहमन्त्री लक्षित रास्वपाकाे प्रश्न – नयाँलाई अभियोजन दर्ता हुँदा मात्र जेल पठाउने, पुरानालाई पुष्टि हुनै पर्ने ?

spot_img

काठमाडौँ । भिजिट भिसाका नाममा मानव तस्करी गरेको प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँलाई अभियोजन दर्ता हुँदा मात्र जेल पठाउने, पूरानाले प्रमाणित भएमा राजनीतिबाट बिदा लिए हुने नभइ प्रश्न गरेका छन् ।

रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाले नयाँलाई अभियोजन दर्ता हुँदैमा जेल पठाएको घटना उल्लेख गर्दै यसका लागि पूरानालाई पुष्टि हुनै पर्ने भन्दै प्रश्न गरे ।

आइतबार रास्वपाको केन्द्रीय समिति बैठकका निर्णय सुनाउँदै झाले लेखकले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताए ।

‘अभियोजन दर्ता हुँदैमा जेलसमेत पठाएको घटना छ । तर उहाँ (लेखक)ले दिनुभएको छैन’, झाले भने, ‘के नयाँलाई अभियोजन दर्ता हुँदा मात्र जेल पठाउने, पुरानालाई पुष्टि हुनै पर्ने हो र ?’

शनिबार गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नाे संलग्नता देखिए राजनीतिबाट सधैंका लागि बिदा हुने बताएका थिए ।

 

सम्बन्धित समाचार

ताजा समाचार