प्रधानमन्त्री ओलीकाे राजावादी लक्षित टिप्पणी – हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ भनेर नारा लगाउनेहरू नारायणहिटीमा वीरेन्द्र मारिँदा किन मरेनन् ?

‘सरकार र जनता मौन बसेको फाइदा उठाएर उनीहरूले फुर्तिफार्ती देखाएका छन्,’ ओलीले भने, ‘एमाले मैदानमा उत्रिएपछि यिनीहरू कताकता जान्छन् ।’

spot_img

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरू राजावादी नभएर खाओवादी भएकाे टिप्पणी गरेका छन् ।

आइतबार ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै ओलीले राजावादीहरू कुनै उद्देश्यका लागि नभई साना स्वार्थका लागि आन्दोलन गर्दै आएको आरोप समेत लगाए ।

‘तथाकथित राजावादीहरू यी राजावादी साजावादी केही होइनन्, यी खाओवादी हुन्,’ ओलीले अगाडि भने, ‘हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ भनेर नारा लगाउनेहरू नारायणहिटीमा वीरेन्द्र मारिँदा किन बाँचिरहेका थिए रु किन मरेनन् ?’

ओलीले आफ्ना कार्यकर्तालाई काठमाडाैँ नियन्त्रणमा लिन निर्देशन दिदै, एमाले मैदानमा उत्रिएपछि राजावादीहरू भाग्ने समेत टिप्पणी गरे ।  ‘सरकार र जनता मौन बसेको फाइदा उठाएर उनीहरूले फुर्तिफार्ती देखाएका छन्,’ ओलीले भने, ‘एमाले मैदानमा उत्रिएपछि यिनीहरू कताकता जान्छन् ।’

नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समितिु ले जेठ १५ गतेदेखि’ जनआन्दोलनु गर्ने तयारी गरेका छन् । राजसंस्था पुनर्स्थापनालगायत एजेन्डामा सुवेदी नेतृत्वले गर्न लागेको आन्दोलनमा राप्रपा, राप्रपा नेपाललगायतको पनि साथ छ ।

सम्बन्धित समाचार

ताजा समाचार