काठमाडौँ । माओवादी केन्द्रकी सांसद नारायणी शर्माले यसअघि नियमित लाइन दिइरहेकाे प्राधिकरणले अहिले बिना सुचना लाइन काटेकाेबारे संसदमा प्रश्न गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बाेल्दै उनले यही साधन स्रोतले यसअघि नियमित लाइन दिइरहेकाे प्राधिकरणले अहिले बिनासूचना लाइन काटेकोबारे प्रश्न गरेकी हुन् ।
‘यही साधन स्रोतले यसअघि नियमित लाइन दिन सक्ने प्राधिकरण अहिले किन लाइन काट्छ रु जनतालाई सूचना दिँदैन,’ उनले भनिन् ।
संसदमा बाेल्दै शर्माले गर्मीका बेला नेपाल विद्युत् प्राधिकरणले बिनासूचना घण्टौँ बिजुली जनजीवन प्रभावित भएको बताइन् । उनले भनिन, ‘जनता गर्मीका कारण अत्तालिएका छन् । यस्तो प्रचण्ड गर्मीमा विद्युत् प्राधिकरणले पटकपटक बिनासूचना लाइन काटेको छ । यसरी घण्टौँ लाइन काटिँदा जनजीवन कष्टकर बनेको छ ।’

