नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

spot_img

काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकबाट नीति तथा कार्यक्रमलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गर्दा यसमा बहुमत सांसदले समर्थन जनाएपछि पारित भएको घोषणा गरेका हुन् ।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि संसद्‍मा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए ।

त्यस्तै विपक्षी दलका विभिन्न सांसदहरुले नीति तथा कार्यक्रममाथि पेस गरेका संशोधन प्रस्तावलाई निर्णयार्थ पेस गर्दा अधिकांश अस्वीकृत भएका थिए।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार