रवीन्द्र मिश्रलाई लामो समय हिरासतमा राखेर सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजेको राप्रपा सांसदको आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ४० दिनसम्म हिरासतमा राखिनु र रेशम चौधरीलाई बिना कारण पक्राउ गर्नुकाे  कारणबारे न्यायिक छानबिनकाे माग गर्दा पनि सुनुवाइ भएकाे छैन ।

spot_img

काठमाडौँ । रवीन्द्र मिश्रलाई लामो समय हिरासतमा राखेर सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजेको राप्रपा सांसद रोशन कार्कीले आरोप लगाएकी छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले यस्ताे आरोप लगाएकी हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ४० दिनसम्म हिरासतमा राख्नु न्यायसंगत नभएको बताएकी छन् । साथै उनले मिश्रलाई ४० दिनसम्म हिरासतमा राखिनु र रेशम चौधरीलाई बिना कारण पक्राउ गर्नुकाे  कारणबारे न्यायिक छानबिनकाे माग गर्दा पनि सुनुवाइ नभएकाे बताएकी छन् ।

प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि मिश्रलाई रिहा गर्न माग गरे।

तीनकुने घटनामा पक्राउ परेका मिश्रविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आइतबार छैटौंपटक पाँच दिनको म्याद थप गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार