काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सबैभन्दा धेरै आयकर तिर्ने एनसेललाई नेपाल सरकारले सम्मान गरेको छ।
काठमाडौंमा शुक्रबार आयोजित ८औं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को विशेष कार्यक्रममा एनसेललाई सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेलका प्रतिनिधिलाई सम्मानपत्र प्रदान गरेका थिए ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र समृद्ध नेपालको अभियानमा गत आर्थिक वर्ष २०८०/८१ मा सूचना तथा सबै भन्दा धेरै कर बुझाएर राष्ट्रलाई पुर्याएको योगदानको मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको हो ।
विगत लामो समयदेखि एनसेल सबैभन्दा बढी कर तिर्ने एक कम्पनीको रुपमा स्थापित रहँदै आएको छ ।
एनसेलले प्रत्येक वर्ष विभिन्न कर तथा शुल्क शीर्षकहरु अन्तर्गत सरकारलाई करमा महत्वपूर्ण योगदान गर्दै आएको छ । कार्यक्रममका बाेल्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एनसेल आईसीटीको विकासमा निरन्तर योगदान गर्दै डिजिटल नेपालको भिजन अनुसार डिजिटल भविष्यका लागि कार्य गर्न प्रतिबद्ध रहेकाे बताए ।
कम्पनीले आफ्नो सीएसआरअन्तर्गत २ अर्ब भन्दा बढीको योगदान गरी सातै प्रदेशका समुदायस्तर सम्म पुगेर देशभरका १ करोड ३० लाख भन्दा बढी जनसंख्यालाई प्रत्यक्षरअप्रत्यक्ष रुपमा लाभ प्रदान गरेको छ ।
यसअघि पनि एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदाता लगायतको सम्मानहरु पाईसकेको छ । गत पौषमा पनि संस्थागत तर्फ गत आर्थिक वर्ष २०८०र८१ मा सबै भन्दा बढी कर योगदान गरेकोमा एनसेल ललितपुर महानगरपालिकाबाट उत्कृष्ट करदाताका रुपमा सम्मानित भएको थियो ।
देशमा आईसीटीको विकास र प्रवद्र्धनका लागि प्रत्येक वर्ष मे २ लाई ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’ का रूपमा मनाईदै आएको छ ।

