७ दिनभित्र सुचिकरण नहुने सामाजिक सञ्जाल नेपाल भित्र निष्क्रिय हुने

spot_img

काठमाडौं । सरकारले सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण नहुने सामाजिक सञ्जालहरूलाई नेपाल भित्र निष्क्रिय गराउने भएकाे छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिएका हुन् ।

बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङले तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणको लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपाल भित्र निष्क्रिय गराउने निर्णय भएकाे बताए ।

सूचीकरण गरेमा भने सोही क्षणबाट ती सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय भएकाे समेत गुरूङले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार