काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोसँग ह्वाइट हाउसमा सँगै फुटबल खेलेको एआई निर्मित भिडिओ अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ ।
उक्त एआई निर्मित भिडिओ रोनाल्डोसँग डिनर गरेको केही दिनपछि बिहीबार ट्रम्पले आफ्ना विभिन्न आधिकारिक सामाजिक सञ्जाल अकाउन्टमा पोस्ट गरेका हुन् ।
रोनाल्डोलाई एक महान व्यक्तिको संज्ञा दिँदै ट्रम्पले भिडिओको क्याप्सनमा लेखेका छन्, “Ronaldo is a GREAT GUY. Loved meeting him at the White House. Really smart, and cool!!! (रोनाल्डो एक महान व्यक्ति हुन् । उनलाई ह्वाइट हाउसमा भेट्न पाउँदा खुसी लाग्यो । साँच्चै चलाख र उत्कृष्ट!!!)
भिडिओमा ट्रम्प र रोनाल्डो राष्ट्रपति कार्यालय (ओभल अफिस) भित्र एक आपसमा बल पास गर्ने, किप-अप, हेडर र ड्रिबल गरिरहेको देखिन्छ । भिडिओको एक दृश्यमा ट्रम्प बल रोक्नका लागि घुम्छन् र क्यामेरातिर प्रहार गर्छन् ।

