काठमाडाैँ । गायक सुशान्त केसी लगातार दोस्रो वर्ष स्पोटीफाईमा सबैभन्दा धेरै सुनिने नेपाली गायकमा परेका छन् । विश्व संगीतको यो चर्चित प्लाटफर्ममा उनलाई ६ करोड २ लाख पटक सुनिएको छ ।
उनलाई १७७ देशबाट ३९ लाख जना श्रोतासहित ३३ लाख घण्टा समयावधि सुनिएको छ ।
सन् २०२४ मा उनले अर्का गायक सज्जनराज वैद्यलाई उछिनेर शीर्षस्थान कायम गरेका थिए ।
स्पोटीफाईले प्रत्येक वर्ष डिसेम्बरमा सो वर्षको सांगीतिक तथ्यांक सार्वजनिक गर्ने गर्छ ।

