नेपाली फिल्म माेहर र सिटामाेल सँगै हलमा लाग्याे हलिउड फिल्म

spot_img

काठमाडौं । शुक्रबारदेखि २ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । नेपाली भाषाका ‘मोहर’ र ‘सिटामोल’ प्रदर्शनमा आएका छन् ।

यी दुइ नेपाली फिल्मसँगै हलिउड फिलम ‘विपोन्स’ पनि प्रदर्शनमा आएकाे छ ।

राजबहादुर साने निर्देशित सोसल ड्रामा ‘सिटामोल’ले पूर्वमाओवादी कमाण्डरलाई केन्द्रमा राखेर सामाजिक विषयवस्तुलाई समेटेको छ । ‘सिटामोल’मा सशष्त्र द्वन्द्वताकाका एक माओवादी लडाकु कमान्डर चन्द्रबहादुर बुढाको कथा देखाइएकाे छ । यो फिल्ममा सौगात मल्ल, बेनिशा हमाल र लोकेन्द्र लेखक लगाएतका कलाकारकाे अभिनय रहेकाे छ ।

ओम प्रतीक निर्देशित फिल्म ‘मोहर’मा सुदुरपश्चिमको देउकी प्रथाको कथामा केन्द्रित छ । यस फिल्मले महिला हिंसाविरुद्धको सन्देश दिन्छ । १पल शाह, बेनिशा हमाल, नीति शाह लगायतको शीर्ष भूमिका छ ।

ज्याक क्रेगर निर्देशित हलिउड फिल्म ‘विपोन्स’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ । एक बालक रहस्यमय रुपमा बेपत्ता भएपछिको कथा समेछिएकाे यस फिल्ममा जोस ब्रोलिन, जुलिया गार्नरको शीर्ष भूमिकामा छन् ।

 

सम्बन्धित समाचार

ताजा समाचार